Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

Amazon Flex डेलिभरी दोहोरो आर्जनको अवसर

  सन् 1994 तिर A for First letter and Biggest river Amazon को नामले म्यूउजिक सिडी, अनलाइन किताब पसलबाट शुरु गरेर Get Big Fast रणनीति अनुसार...

 


सन् 1994 तिर A for First letter and Biggest river Amazon को नामले म्यूउजिक सिडी, अनलाइन किताब पसलबाट शुरु गरेर Get Big Fast रणनीति अनुसार अहिले सम्म Online All in All Supermarket देखि IT Cloud service, Device and appliance maker, Flex Delivery Service आदि सेवा बिस्तार गर्दै एक दशक अघि देखि “आमाजोन” बिश्वमा ग्राहकमुखि सेवा एवं रोजगार प्रदायक एक प्रमुख कम्पनी बनिसकेको छ।

 

Flex शब्द Flexible को छोटो रुप हो जसको मतलब आफुलाई “पायक हुने गरी” भनेर बुझिन्छ। डेलिभरी ड्राईभरले आफ्नो समयानुकुल डेलिभरी एरिया “ब्लक साइज” र डेलिभरी समय छनौट गरी डेलिभरी सेवा दिन सक्नेछ।  केही बर्ष पहिले अमेरिका तथा यूरोपमा शुरु भएको फ्लेक्स डेलिभरी सेवा आमाजोन बिजनेसको परिपुरक भएर जापानका ठूला शहरुमा पनि बिस्तार हुने क्रम जारी छ। यो सेवा शुरु हुन अघि यामाटो, सागावा, जापानपोस्ट आदि माध्यमद्धारा कस्टमरको अर्डर डेलिभरी गर्दै आएको आमाजोन जापानले सेवालाई आफ्नै बिजनेस इन्टाइटी भित्र राखेर ग्राहकलाई छिटो, सस्तो, भरपर्दो ढंगले अर्डर डेलिभरी गर्ने रणनीति अबलम्बन गर्दै  कस्टमर अब्सेसन बिजनेस वनरसिप (customer obsession business ownership) बिस्तार गर्दै आएको छ।

Amazon Flex Delivery Driver भनेको के हो?

Reserve block (ब्लक रुट रिजर्भ गर्ने ) Þ Make Deliveries (सामान डेलिभरी गर्ने) Þ Get paid, enjoy life & repeat (पारिश्रमिक कमाउँने, खुशीसाथ बाँच्ने र कामलाई निरन्तरता दिने)।

Amazon ले Flex Delivery Driver लाई आफ्नो शब्दमा DSP (Delivery Service Partner) भन्ने गर्छन।यो ग्राहकलाई अर्डर डेलिभरी सेवा दिने तर्फको पार्टनरसीप हो भनेर बुझिन्छ जसका लागि आमाजोनले नीजी ब्यबसायीबाट डेलिभरी सेवा लिने गरी “ब्लकसाइज र समय” को आधारमा पारिश्रमिक उपलब्ध गराउँने करार संझौता गर्नेछ।

 

Amazon Flex Delivery शुरु गर्ने ३ स्टेपः

१)       ड्राईभरको लागि चाहिने शर्तहरु रुजु गर्ने

२)       मोबाईलमा डेलिभरी एप डाउनलोड इन्सटल गर्ने

३)       आवश्यक डकुमेन्ट स्क्यान गरी एप मार्फत दर्ता गर्ने

 

Amazon Flex Delivery Driver का लागि के के चाहिन्छ?

१)       जापानीज सामान्य ड्राइभिंग लाइसेन्स,

२)       नीजी ब्यबसायका लागि दर्ता भएको कालो नम्बरप्लेट कार्गो लाइट भ्यान(के कामोचस्या).....*,

३)       हालसालको साक्केनस्यो

४)      आमाजोन डेलिभरी-नाभिगेसन एप चल्नसक्ने इन्टरनेट जोडिएको स्मार्टफोन

५)      नीजी ब्यबसाय गर्न सकिने इजजात भिसा (जाईरियू सिकाकुः वर्क परमिट बिदेशीको हकमा)

६)       बैंक खाता

७)      सामान्य जापानीज बिजनेस भाषागत ज्ञान

केही समय देखि जापानमा पनि ब्यवसायिक रुपमा दर्ता भएका कार्गो लाइट भ्यान बाहेकका लाइट भ्यान वा के जिधोस्या प्रयोग गरी डेलिभरी दिन सकिने भन्ने सूचना सार्वजनिक भएपनि आमाजोन डेलिभरी स्टेशन अनुसार उपलब्ध नहुन पनि सक्छ। बिदेशीको हकमा नीजी ब्यबसाय गर्ने इजजात पाएको भिसा हुन जरुरी छ। यस बाहेक सामान्य जापानीज भाषा लेखपढ गर्न सक्ने तथा लोकल म्याप नाभिगेसन बारे ज्ञान भएको, बढीमा २० किलो वजन भएको प्याकेज सार्न सक्ने तथा छिटो हिड्न सक्ने ब्यक्तिका लागि यो ब्यवसाय उत्तम हुनेछ।मोबाईलको हकमा iPhone भए iOS 15 भन्दा माथि Android 7.0 भन्दा माथि 2 GB RAM माथि, GPS, Internet, Bluetooth, iOS Car Play or Android Auto बिशेषता भएको हुनुपर्छ। यि बिशेषता भएको मोबाईल प्रयोग गरेमा डेलिभरी नाभिगेसन, फोनकल, डेलिभरी मेसेजींगका लागि सहयोग पुग्नेछ। बिधमान भिसा भित्र रहेर अन्यकाम गर्न बन्देज भएकाले就労資格証明書 (स्युउरोउ सिकाकु स्योमेस्योः वर्क परमिट सर्टिफिकेट)लिन आवश्यक छ जसका लागि आवेदन दिन यहाँ जान सक्नुहुनेछ। https://www.moj.go.jp/isa/applications/procedures/16-9.html

 

जापानीज भाषाको लेभेल कति हुनुपर्छ?
जापानीज भाषा र अंग्रेजी प्रस्ट नजान्ने साउथ अमेरिकन, चाइनीज, बंगाली, भियतनामी आदिले पनि फ्लेक्स डेलिभरी बिजनेस गर्दैछन्। फ्लेक्स स्मार्टफोन सिस्टमले अटोमेटीक नाभिगेसन गर्ने भएको र सो एप्लिकेसन धेरै जसो विश्वका मुख्य भाषाहरुमा समेत उपलब्ध हुनुले खान्जी नजान्नेले समेत जापानमा डेलिभरी सर्भिस गर्दैआएका हुन।  जति राम्रो जापानीज भाषा जान्न सक्यो त्यसको फाइदा ड्राईभर आफैलाई हुनेकुरामा भने कुनै शंका छैन। तर पनि डेलिभरीको लागि अति आवश्यक जापानीज भाषा लेखपढ, बिजनेस लेबेलको बोलचाल भए उत्तम ठहरिने छ।

 

जापानमा आफुलाई पायक पर्ने आमाजोन डेलिभरी स्टेशन कसरी पत्ता लगाउँने?

जापानमा पनि फ्लेक्स डेलिभरी सेवा बिस्तार क्रम जारी भएको हुनाले बर्षेनी डेलिभरी स्टेशनको संख्या बढ्दो छ। अहिले सम्ममा जापानका धेरै जसो मेजर सिटी भित्र आमाजोनले ग्राहक अर्डर फ्लेक्स डेलिभरी मार्फत पुर्याउँन थालिसकेको छ। आमाजोन फ्लेक्स एप डाउनलोड इन्सटल गरेपछि प्रिफरेन्समा गएर आफु नजिकको आमाजोन डेलिभरी सर्भिस स्टेशन खोज्न सकिन्छ।  अहिले सम्म जापानमा कुन कुन ठाउँमा यो काम उपलब्ध छ भनि मोटामोटी थाहा पाउँन यो https://flex.amazon.co.jp/recruiting-cities  लिंकमा जानुहोला।

 

घण्टा र महिनामा कति कमाई हुन्छ?

सरदर घण्टामा १,९०० भन्दा बढी कमाई हुने कुरा अनुभवी ड्राइभर बताउँने गर्छन्। प्रति दिन प्याकेज संख्या, डेलिभरी लोकेसन, वजन साइज फरक हुन सक्ने भएको हुनाले ८ घण्टाको ब्लकसाइज भएपनि ६ घण्टा भित्रै डेलिभरी गर्न सकिने उदाहरण मनेग्गे छ। महिनामा धेरै पटक डेलिभरी गर्ने अनुभवी विश्वास भएका ड्राईभरलाई पालैपालो रेस्क्यू मिसनमा राखि थोरै काम गराएर वा आधा दिन रिजर्भमा राखि पुरा दिनको भुक्तान पनि पाउँन सक्नेछ।सरदर दैनिक ८ घण्टा  महिनामा २२ दिन मात्र डेलिभरी गरे ४० मान येन भन्दा बढी कमाउँन सकिने आमाजोनले जानकारी दिने गरेतापनि समयानुसार ब्लकको साइज थपघट अनुसार आर्जन बढ्न वा घट्न भने सक्नेछ।

 

कसरी कस्टमरको सामान डेलिभरी गरिन्छ?


आमाजोनले फ्लेक्स मार्फत सामानको अर्डर डेलिभरी गर्न
Amazon Flex App बिकास गरेको छ। Amazon server & AI Navigation system बाट संचालन हुने यो एप आईफोन तथा एण्ड्रोइड दुबै भर्सनमा उपलब्ध  छ। फ्लेक्स ड्राईभरले यो एप मार्फत शुरुमा कोजिन जिग्यो बारे ब्यक्तिगत बिबरण दर्ता गर्ने देखि प्रत्येक पटक रुट डेलिभरी गर्दा आवश्यक पर्ने अन्तिम सम्मको सबै एक्सन कार्य एप मार्फत गर्नुपर्छ।  केही डेलिभरी सेन्टरको लागि छाडेर यो एप डेभलपर भर्सनमा उपलब्ध हुने भएको हुँदा डाउनलोड इन्सटल गर्दा विशेष ध्यान भने दिनुपर्छ। विचारणिय कुरो, समयानुसार “डेलिभरी फ्लेक्स एप” अपडेट हुनेहुँदा डेलिभरी गर्ने तरिकामा केही फरक पर्नसक्ने छ। डेलिभरी एप मार्फत गर्न सकिने डेलिभरी एक्सन बारे क्रमानुसार यहाँ उल्लेख गरेकोछु।

१)       आफ्नो कन्भेनियन्स अनुसार रुट प्रिफरेन्स सेटींग गर्ने,

२)       उपलब्ध रुट रिभ्यू हेरेर सो मध्येबाट छनौट गर्ने,

३)       छनौट गरेको रुटबारे पूर्वजानकारी लिने (रजिस्ट्रेसन शुरु हुने समय, अन्त हुने समय, लाग्ने समय,  पारिश्रमिक आदि)

४)      आफुले लिएको रुट ब्लक डेलिभरी स्टाट समय भन्दा १५ मिनेट अघि स्टेशनमा चेक-इन गर्ने,

५)      प्रत्येक पटक चेक-इन डेलिभरी एटेण्डेन्स रजिष्ट्रेसन गर्ने (Driver license show, Alcohol test, QR Code scanning and reading),  

६)       प्याकेज रिसिब गर्ने (QR Code scanning and reading),

७)      प्याकेज Delivery Route Mapping हेर्ने,

८)      डेलिभरी एप शुरु गरेर Amazon Package Delivery Navigation रुट गाईड अनुसार ड्राईभ गर्ने,

९)       कस्टमरले जानकारी उपलब्ध गराएको ठाउँमा सामान राख्ने,  

१०)   प्याकेज डेलिभरी कमप्लिसनको लागि प्याकेजको (QR Code scanning and reading),

११)    डेलिभरी फोटो रिपोर्टिंग गर्ने

१२)    डेलिभरी हुन सकेन भने कारण छनौट गरी रिपोर्टींग गर्ने  

१३)    डेलिभरी हुन नसकेको प्याकेजमा साइहाइटाच लेवल(再配達ラベル)टाँसी मिति र समय लेख्ने,

१४)   हेण्ड-डेलिभरी निर्देशन भएको घरमा मान्छे उपस्थित नभए फुजाईह्यो (不在票) लेखेर कस्टमरको पोस्टबक्समा राखि जानकारी दिने,

१५)   कस्टमर तथा ड्राईभर सेन्टरसँग आवश्यक संचार गर्ने

१६)    आफ्नो अनुभव तथा केस रिपोर्टिंग गर्ने,  आदि ।

 


डेलिभरी हुन नसकेको प्याकेज के गर्ने?

डेलिभरी हुन नसकेको प्याकेज एपलिकेसन मार्फत लोकेसनबाटै कारण उल्लेख गरी अन्तमा सोहि दिन समय डेलिभरी स्टेशनमा लगेर फिर्ता दिनुपर्छ। यसरी फिर्ता भएको प्याकेजलाई RPS (Return Parcel to station)  र जापानीज भाषामा मोचिमोडरी (もち戻り) भनिने गरिन्छ। लोकेसन डेलिभरीको लागि निर्देशन दिए अनुसार कारण मुनासिब नभएको प्याकेज फिर्ता भएमा कमाईमा कटौती हुन सक्ने छ।

 

गाडीमा लाग्ने खर्च ग्यास, मेन्टिनेन्स, इन्सुरेन्स कसले ब्योहोर्छ?

आमाजोनसँगको करार सेवा संझौतामा उल्लेख भए अनुसार त्यस रुटको ब्लकसाइजमा लाग्ने डेलिभरी समय अनुसार पारिश्रमिक बाहेक अन्य खर्च आमाजोनले प्रत्यक्ष रुपमा ब्योहोर्देन। तर पनि आमाजोनले कस्टमर सेवामा सहयोग पुर्याउँने फ्लेक्स ड्राइभरको अनुहारमा खुशी ल्याउँने राहत छुट कार्यक्रमहरु भने ल्याउँने गरेको छ। डेलिभरी भ्यान लिज सेवा,  ग्यासलिन छुट कार्ड,  मेन्टिनेन्स छुट(स्याकेन, टायरचेन्ज, गाडी कण्डिसनिंग), सहुलियत दरमा कार इन्स्योरेन्स आदि बिशेष सहुलियतदरका सेवा अन्य ब्यबसायीसँग मिलेर प्रदान गर्नेछ।यस बाहेक सेफ्टी तथा सेवालाई भरपर्दो बनाउँने उपकरणको लागि सहयोग पनि दिन सक्नेछ।

 

आमाजोन ड्राइभरको लागि कसरी दर्ता गर्ने?

आमाजोन ड्राइभरको लागि चाहिने कुरा पुरा भएका इच्छुक ब्यक्तिले आमाजोन एप्लिकेसन डाउँनलोड ईन्सटल गर्नुपर्नेछ।यो आमाजोनको ब्यबसायिक एप्लिकेसन भएको हुनाले हालसाल सम्म एपस्टोर वा प्लेस्टोर उपलब्ध हुनसकेको छैन। आमाजोन लिंक https://logistics.amazon.co.jp/app/download-app मा गएर APP APK डाउँनलोड गर्न सकिनेछ। सही तरिकाले डाउँनलोड गरिसकेपछि एप्लिकेसन चलाएर दर्ता प्रक्रिया अघि बढाउँन सकिने छ।पुरानो आमाजोन एकाउन्ट प्रयोग गरेर वा नयाँ  एकाउन्ट साइनअप गरेर दुबै तरिकाले फ्लेक्स डेलिभरी ड्राइभरको लागि दर्ता गर्न सकिने छ।दर्ता गर्दा माथि उल्लेखित आवश्यक डकुमेन्ट पनि स्क्यान कपी गरेर पेश गर्नुपर्ने भएको हुनाले डिजिटल बनाएर राख्न आवश्यक देखिन्छ।

 

Amazon Flex Delivery App APK कसरी मोबाईलमा ईन्सटल गर्ने?

१)       स्मार्टफोनको तयारीः iPhone iOS 15 वा सो भन्दा माथि or Android 7.0 वा सो भन्दा माथिका लागि निर्देशित छुट्टाछुट्टै लिंकबाट App APK डाउँनलोड गर्ने,

२)       टाइप URL or scan the QR code: https://logistics.amazon.com/app/download-app बाट एप एपिके डाउनलोड गर्ने or scanning the QR code on Download App page.

३)       Download the Amazon Flex app: माथिको लिंकबाट एप एपिके डाउनलोड गर्दा App APK फरम्याट फायल ईन्सटल गर्ने? भनि मोबाईलमा प्रोम्ट हुनेछ ok गर्ने।

४)      Download कन्मफर्म गर्नेः  यो एपिके फायल गुगलफ्लेस्टोर वा एप्पल एपस्टोरको नेटिभ एप नभएको हुनाले Download anyway गर्ने।

५)      Allow installation of unknown apps: यो फायल ईन्सटल गर्न फोनसेटको सिस्टमबाट बिशेष अनुमति लिनुपर्ने भएकोले Settings > Biometrics and Security > Install unknown apps ok गर्ने।

 

Pro Driver (Green vest) को काम के हो?
अनुभवी फ्लेक्स ड्राइभरबाट अरु ड्राईभरलाई तालिम तथा निर्देशन गर्न
Pro Driver (Green vest) नियुक्त गरिएको हुन्छ। यिनले फ्लेक्स ड्राईभरलाई डेलिभरी सम्बन्धी समस्या बारे जानकारी दिने देखि कुन ब्यक्तिले कसरी डेलिभरी गरी रहेको छ भनि रुट म्यापिंग लाईभ हेर्ने र निर्देशन दिने काम पनि गर्नेछ। गाडीमा अट्न नसकेको प्याकेज समय र निर्देशनको आधार कुन लिने कुन नलिने (क्यूब आउट) गर्ने बारे पनि यिनले सहयोग गर्नेछ।यिसँग आफुलाई परेको अप्ठ्यारो बारे प्रत्यक्ष रुपमा छलफल गर्न सकिनेछ। Pro Driver ले ड्राईभरका सबै समस्याहरु सम्बन्धित आमाजोन मेनेजर समक्ष पेश गर्नेछ। वास्तवमा प्रोड्राइभरले फ्लेक्स ड्राइभरको लागि लिडरसीको काम गर्नेछ।


फ्लेक्स डेलिभरी गर्दा ध्यान दिनुपर्ने कुराहरुः

१)       एपमा प्याकेज रिसिभ गर्ने ठाउँ डेलिभरी स्टेशन सेट गर्ने,

२)       कुन दिन, समय, ब्लकसाइज डेलिभरी गर्ने हो सेट गरी राख्ने,

३)       केही घण्टा अघि (स्टेसन अनुसार बुझ्न जरुरी) सेट गरे अनुसार एप डेलिभरी अफर चेक गरी कन्मफर्म गर्ने।

४)      कन्मफर्म रुट एपमा चेक गरी डेलिभरीको लागि तयार हुने,

५)      डेलिभरी चेकइन टाइम भन्दा १५ मिनेट अघि नै स्टेशन पुग्ने,

६)       खटिएका फ्लेक्स मार्शल (गाइड) को निर्देशन अनुसार रुट भएको ठाउँमा गाडी पार्क गर्ने।

७)      प्रत्येक पटक ड्राइभर लाईसेन्स चेक, अल्कोहल टेस्ट गरीसकेपछि रुट स्लिप लिने।

८)      रुट स्लिप पाइसकेपछि डिस्प्याच रोलबक्स भित्र भएको ब्यागको QR Code, Flex Delivery app  ले scan गरी रिसिब गर्ने र Over प्याकेज एक एक गरी स्क्यान गरी गाडीमा राख्ने।

९)       यसरी प्याकेज स्क्यान गर्दा स्मार्टफोनमा डेलिभरी डेलिभरी गर्नको लागि नाभिगेसन म्यापमा स्थान तथा नम्बर देखिने छ, जसलाई सानो मेमो गरी टाँस्ने र नाभिगेसन अर्डर अनुसार गाडी भित्र राखेमा सजिलो हुनेछ।

१०)   गाडी भित्र अट्न नसक्ने प्याकेज डेलिभरी समय प्रायोरिटीको आधारमा क्यूबआउँट गरी छोड्न सकिने छ। यसको लागि खटिएका Pro Driver or Amazon Staff सँग अनुमति लिनुपर्नेछ।यसरी नअटी स्टेसनमा छाडिएको सामानको डेलिभरी नम्बर नोट गरी राखे सजिलो हुनेछ।

११)    डेलिभरी स्टार्ट गरीसक्दा नाभिगेसनले नम्बर अर्डर अनुसारको घर ठेगानामा लैजानेछ।। त्यस प्याकेजको ठेगाना आफैले नपढे पनि आमा नाभिको एआईले यसमा ठूलो भुमिका खेलेको हुन्छ।

१२)    ग्राहक निर्देशन अनुसार कहाँ कसरी प्याकेज राख्ने हो एपले देखाउने भएको हुनाले पालना गरी डेलिभरी सम्पन्न गर्न एपले प्याकेजको QR Code स्क्यान गरी राखेको तस्वीर पनि खिचेर पठाउँनुपर्नेछ।

१३)    निर्देशन अनुसार वा अरु कुनै कारणले डेलिभरी हुन नसकेको प्याकेज बारे एपबाटै कारण खुलाई प्याकेजमा डेलिभरी सिल टाँसी मिति र समय उल्लेख गर्नुपर्ने हुन्छ।

१४)   डेलिभरी हुन नसकेको प्याकेज सोही दिनको अन्तमा स्टेशन फिर्ता लैजानुपर्ने हुन्छ।

 

Flex Delivery Tips

१)       कुनै कारणले ठेगाना थाहा नभएमा सिलमा उल्लेख भएको ड्राईभर नम्बर र प्याकेज ट्राकिंग नम्बर लिंकबाट प्याकेज बारे थाहा पाउँन सकिनेछ।

२)       कामोचस्या भित्र सामान लोड गरीसकेपछि पछाडिबाट आउँने ट्राफिक भ्यूउँ हेर्नबुझ्न गाह्रो हुने भएकोले  Backend Mirror Camera सहितको Drive recorder जरुरी देखिन्छ।

३)       नाभिगेसनलाई छरितो र सेफ्टी बनाउँन मोबाईल एपको आमानाभि अलवा १० इन्च ट्याबलेटबाट गुगल नाभिगेसन चलाउँदा डेलिभरी सजिलो हुनेछ।

४)      ड्राईभलाई सेफ्टी र नियमित बनाउँन हेण्डफ्री फोनकल राख्नुहोस्।

५)      आफुलाई आवश्यक सामान गाडीभित्र राखेर डेलिभरी सेवाका लागि जानुहोस।

६)       दोस्रो ब्यक्तिलाई गाडीमा राखेर डेलिभरी गर्न मनाही छ।

७)      Flex Delivery मा QR Code (Package or Cart container) ले सो सामान बारे महत्वपूर्ण जानकारीको डेटा उपलब्ध गराउँने छ।

८)      बिना कारण सामान लस एवं डेमेजबाट जोगिन लोकेसन रिसिब प्याकेज संख्या एकिन गर्न सक्नुपर्छ र क्येरफुल भएर हेण्डलिंग गर्न सक्नुपर्छ।

९)       डेलिभरी स्टेशनमा सामान बुझ्न जान ढिलो हुने संभावना भए कारण सहित पूर्व जानकारी दिनुस्। यदि आफ्नो वशमा नभएको कारण भए एडिसनल चेन-इन टाइम बढाइदिने संभावना हुन्छ।

१०)   चेक-इन टाइम एपमा उल्लेख भएको डेलिभरी शुरु हुने टाइम भन्दा १५ मिनेट अघि देखि शुरु हुनेछ। यदि केही मिनेट चेक-इन टाइम ढिलो हुनपुगे, एपमा चेक-इन गर्ने QR Code Reader को स्टाटस बुझ्नुहोस्।यदि एक्टिभ भए उपस्थित डेलिभरी स्टाफसँग सल्लाह गरेर रुट रिसिभ गर्न सक्नुहुनेछ।

११)    यदि आवश्यक भन्दा धेरै अघि चेक-इन गर्न स्टेशन पुगेमा आफु अघि समय तालिका भएका ड्राइभरलाई पहिले चेक-इन गराउँन तपाईलाई साइडमा वेटींग गराउँने छन् जसलाई जापानीज भाषामा टाइकी (待機) भनिन्छ।

१२)    डेलिभरी सफलता अनुपात配空率(hai-kan-ritsu): delivery completion ratio) ९५% वा सो भन्दा माथि भएका फ्लेक्स ड्राईभरलाई आमाजोनले बिशेष रिवार्ड दिनेछ। यस्ता ड्राइभरको एप प्रिफरेन्स सेटींगमा पनि सुविधाजनक अप्सनहरु थपिनेछ।

 

सारांश

दोहोरो ब्यबसाय गर्नेलाई थप अवसर भएकोले नियमित काम नगरेपनि हप्तामा केही दिन र केही समयका लागि मात्र आमाजोन फ्लेक्स डेलिभरी गर्नेहरुमा घरमा बालबच्चा हेर्ने आमा, रिटायर्ड ब्यक्ति, पार्ट टाइम काम गर्ने ब्यक्ति आदि दोस्रो ब्यवसायको रुपमा काम गर्ने ब्यक्ति हुनेगरेका छन्। नियमित डेलिभरी सेवा सही ढंगले सम्पन्न गरी विश्वास कमाएका फ्लेक्स डेलिभरी ड्राईभरले Amazon Rewards point पाउँने छन्।   Amazon Rewards पाएका ब्यक्तिले क्यास ब्याक पाउने, आमाजोन किनमेलमा छुट पाउँने, फ्लेक्स डेलिभरी सेटअप गर्दा आफुलाई सजिलो हुनेगरी एप प्रिफरेन्स सेट गर्न पाइने, इन्सुरेन्स तथा मेन्टिनेन्समा सहुलियत समेत पाउँन सकिने कुरा उल्लेख छ। उमेर, लिंग, भाषा आदि बिनाभेद २० किलो सम्म सामान कार्टमा राखेर नजिकै हिड्न सक्ने तथा गाडी चलाउँन सक्ने ब्यक्तिको लागि आमाजोन फ्लेक्स डेलिभरी एउटा पूर्ण बिजनेस पार्टनरसीपको अवसर हुने कुरामा दुईमत भएन। यस बारे बढी जानकारी लिन आमाजोन जापानको फ्लेक्स साइटमा जानुहोला ।https://flex.amazon.co.jp/

 

Amazon Flex Delivery गर्नको लागि प्रयोग हुने जापानीज बिजनेस भाषा

1.        受付(Uke-tsuke): check-in

2.        免許証(menkyo-syo): driving license

3.        アルコールテスト(aruko-ru tesuto): alcohol test (legal driving ban for 0.15mg and above)

4.       引っ掛る(hikka-karu): stuck in, caught in (eg. by alcohol test)

5.       注意事項(chui-jikou): alert notice and information

6.       交通安全(koutsu-anzen): traffic safety, road safety

7.        貨物軽(かもつけい): cargo light van

8.       案内(an-nai): guidance

9.       ナビ(nabi): navigation

10.    受け取り(uketori): goods receiving

11.      返却(henkyaku): return item

12.     宅配便(takuhai-bin): home delivery service

13.     配達(haitatsu): delivery

14.     発送(hassou): item dispatch for delivery

15.     便送(yussou): item dispatch by Japanpost

16.     未配達(mi-haitatsu): before delivery or delivery planning waiting

17.     配達済み(haitatsu-zumi): delivery completed

18.     キャンセル(kyanseru): Cancel or plan aborted

19.     時間指定(jikan-sitei): delivery time instruction

20.   お客様(okyaku-sama):customer

21.     商材(syozai): commodity

22.    荷物(nimotsu): item

23.    オバーサイズ(Ova-saizu): oversize

24.    メール便(me-ru bin): mail item

25.    飲料(in-ryou): beverage, drink item

26.    箱型(hako-gata): box shape item

27.    割れ物(ware-mono): glass item, fragile item

28.    重量物(juuryou-butsu): heavy item (15kg and above)

29.    梱包(kompou): packaging

30.   包装(housou): package wrapping or concealment from outside, covering

31.     ラベル(label): sorting label

32.    待機(taiki)waiting

33.    破損(hason): damaged item

34.    液漏れ(eki-more): liquid leakage

35.    レスキュー(reskyu-): rescue, a paid waiting for delivery supportive role, may ask to follow other delivery driver at difficulties.

36.    ルート(ru-to): route name or number of package delivery area

37.    積み込み(tsumi-komi): loading in van

38.    キューブアウト(cube out): left package due to full-loading

39.    ロールボックス(roru boksu): package container, roll box

40.   カート(kato): Cart (a light carrier)

41.     バッグ(bagu): Bag

42.    畳む(tatamu): fold

43.    所在不明(syozai-fumei): lost item

44.   配送指示(置き配含む: haitsu-siji(oki-hai-fukumu): delivery instructions (including delivery without personal attendance)

45.    手渡し(te-watasi): hand delivery

46.   置き配(oki-hai): delivery at instructed place without owner presence

47.    郵便置け(yu-bin oke): like Japan post mailbox delivery

48.    ロッカー(rokka-): locker, delivery box at main-door (mansion and apartment)

49.    玄関(genkan): main door

50.   (mado): window

51.     自転車かご(jiten-sya-kago): bicycle carrier box

52.    小屋(koya): small utility hut

53.    車庫(syako): garage

54.    配達ボックス(haitatsu-bokusu): designated delivery box

55.    ガス・水道・電気メーターボックス(gasu-suidou-denki me-ta bokusu): Gas, water supply, electricity meter box

56. 置き配を利用しない(oki-hai wo goryo sinai): don’t deliver without personal attendance

57. ご近所の方(go-kinzo-no-kata): neighbour

58. 設定なし(settei nasi): without instruction set up

59.    留守宅(rusu-taku): home where family out or absence

60.   不在(fuzai): not at home

61.     不在票(fuzai-hyo): attempted delivery notice slip

62.    アクセスの問題(akusesu-no-mondai): access trouble

63.    住所不明(jiyusyo-fumei): address unknown

64.   未配(mi-hai): undelivered item (not good for driver)

65.    誤配(go-hai): miss delivery (delivery at wrong address)

66.    早配(so-hai): delivery before designated date and time

67.    遅配(chi-hai): late or delayed delivery

68.    再配達(sai-hai-tatsu): redelivery, delivery repetition

69.    配空率(hai-kan-ritsu): delivery completion ratio

70.   もち戻り(mochi-modori): returned items

71.     RPS: Return package to station

72.    トラッキングID(Tracking ID): amazon order delivery tracking item with unique number starting with DA…………

73.    アマゾンの宅配便です(amazon no takuhai-bin desu: This is home delivery service from Amazon)

 

आमाजोन फ्लेक्स डेलिभरी बारे भिडियो अनुभव तथा जानकारी






नोटः  यो प्रस्तुती मेरो ब्यक्तिगत अनुभव सँगै समयानुसार आमाजोन फ्लेक्स डेलिभरी बारे जापानमा बसोबास गर्ने इच्छुक जाइरियू सिकाकु (在留資格)भएका नेपाली बन्धुहरु बिच जानकारी दिने प्रयास हुनेछ। माथि उल्लेखित कुराहरु लोकेसन वा समायानुसार गर्ने गराउँने तरिकामा फेरबदल वा अपडेट हुन सक्ने भएको हुनाले यसलाई पूर्व मानसिक तयारी (Mind setup) को हिसाबले मात्र लिनुहोला।


छत्र मगर
स्रोतः मेरो चौतारी Amazon Flex डेलिभरी (chhatramagar.com)
Photos and videos by respective agencies
All rights reserved

No comments

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी