Page Nav

SHOW
FALSE
TRUE

ताजा खबर:

latest

नेफिन जापानको १७औं महाधिवेशन फेब्रुवरी २१ तारिक अनलाइन जुम कन्फरेन्स मार्फत गरिने

  नेपाली आदिवासी जनजाती महासंघ जापानको १७औ महाधिवेशन को तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण लगभग १ वर्ष ढिलो हुन लागेको यस प...

 

नेपाली आदिवासी जनजाती महासंघ जापानको १७औ महाधिवेशन को तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण लगभग १ वर्ष ढिलो हुन लागेको यस पटकको महाधिवेशन महामारी कै कारण भर्चुअल प्रविधी जुम मा गरिने भएको छ ।

 

न्युनतम विवाद र अधिकतम सहमती एंव समझदारीमा गरिने यस पटकको महाधिवेशन  विगतमा भन्दा सहभागितामुलक हुने विश्वास हामीले लिएका छौ ।


पद केन्द्रित भएर महाधिवेशनमा मा मात्र झुल्कने पात्रहरूलाई यसपाली महासंघको विधान पढन अनुरोध गरिनेछ । महाधिवेशनको निर्वाचन मण्डल र आयोजक समिती अन्तर्गत रहेर मुद्दामा अडिग , महासंघमा अहोरात्र खटने , योग्य र सक्षम हरूको उच्च मुल्यांकन गरिनेछ भने सिफारिस लाल भएर गायब भएकाहरूको संस्थागत लेखाजोखा गरिनेछ । सिफारिस र सक्रियता दुवैको आधारमा आगामी कार्यसमिति निर्माणको प्रक्रिया अगाडी बढाईनेछ ।

 

विगतमा भएका सबै कमिकमजोरी बाट पाठ सिक्दै थप परिस्कृत भएर सर्वसम्मतिमा जापान स्थित सबै संघसस्थाहरू संग हातेमाले गर्दै अघि बढन र जापानवासी सबै नेपालीहरूको आपतबिपत र सुखदुख सदैव साथ दिन यसपाली पनी नया कार्यसमिति चयन का निमीत्त हुन गईरहेको यस महाधिवेशनमा जापानवासी सम्पुर्ण आदिवासी जनजाती दिदीबहिनी र दाजुभाई हरूलाई तल उल्लेखित मिती र समयमा सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौ ।

 

पेम्बा शेर्पा
उपाध्यक्ष एंव महाधिवेशन संयोजक
नेफिन जापान

1 comment

  1. Slotyro Casino: 2021 Near Me | MapyRO
    Welcome to 제천 출장마사지 Slotyro Casino! Find out everything 이천 출장샵 you need to know about 동해 출장마사지 the location, including gaming 군산 출장마사지 floor 상주 출장마사지 plans, games, bonuses,

    ReplyDelete

तपाईको बहुमूल्य बिचार शेयर गर्नुहोस्

नेपालका आदिवासी जनजातिका भेषभुषाहरु

आदिवासी जनजातिका भेषभुषा ग्यालरी